गोरखा २६, साउन । कामको समान ज्यालको माग गर्दै गोरखा क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । आंशिक प्राध्यापकहरुलाई करारमा नियुक्ती दिन माग गर्दै आज क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको आंशिक प्राध्यापक संघ गोरखा क्याम्पस इकाईले जनाएको छ ।
लगातार आन्दोलनमा रहेको इकाईले आफ्ना मागको सम्बोधन नभए आज (सोमबार) क्याम्पसको लेखा शाखामा तालबन्दी गर्ने चेतावनी दिएको छ । आंशिक प्राध्यापकहरुले आफ्नो माग सम्बोधन गराउन क्याम्पसमा धर्ना लगायतका बिरोधका कार्यक्रमहरु गरिसकेका छन् ।