Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका प्रमुख जिल्ला अधिकारी सहितको कोरोना परीक्षणका लागि स्वाब संकलन


2.5K
Shares

गोरखाका प्रमुख जिल्ला अधिकारी सहितको कोरोना परीक्षणका लागि स्वाब संकलन

गोरखा २६, साउन । गोरखाका जिल्ला भित्र सेवाग्राहीको चाप हुने सरकारी कार्यालयका प्रमुख सहित कर्मचारीहरुको कोरोना परीक्षणका लागि स्वांब संकलन गरिएको छ । स्वास्थ्य कार्यालय गोरखाबाट खटिएको स्वास्थ्यकर्मीको टोली जिल्ला प्रसासन कार्यालय सहित जिल्लाका बैंक तथा बित्तिय संस्था र व्यापारिक क्षेत्रका व्यक्तिको कोरोना परीक्षणका लागि आइतबार स्वांब संकलन गरिएको हो ।

गोरखा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको पनि स्वांव संकलन गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो । संकलित स्वाब तत्कालै परीक्षणका लागि पठाइने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology