Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रदेश सरकारले ल्याएको प्रतिफलमा आधारित अनुदान वृद्धभत्ता जस्तै हो : मन्त्री थापामगर


5.2K
Shares

प्रदेश सरकारले ल्याएको प्रतिफलमा आधारित अनुदान वृद्धभत्ता जस्तै हो : मन्त्री थापामगर

साउन २५, तनहुँ – गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले कृषि क्षेत्रमा उत्पादनको आधारमा दिईने अनुदान वृद्धभत्ता जस्तै भएको बताउनु भएको छ । संघिय सरकारले ७० वर्ष उमेर पुगेका आफ्ना नागरिकलाई दोहोरो सुविधा नपर्ने गरी सामाजिक सुरक्षा भत्ताको रुपमा वृद्धभत्ता दिँदै आएको जस्तै गण्‍डकी प्रदेश सरकारले अब कृषकलाई कृषि तथा पशुपालन व्यवसायबाट उत्पादन गरेको आधारमा अनुदान दिने वताउनुभयो । शनिबार तनहुँको याम्पा फाँटमा वन्दिपुर गाउँपालिकद्धारा याम्पा दुग्ध उत्पादक सहकारी संस्थाका किसानलाई दूधमा अनुदान वितरण गर्दै मन्त्री थापामगरले यस्तो बताउनु भएको हो ।

उत्पादनमा आधारित अनुदान कार्यक्रम नयाँ भए पनि महत्वपूर्ण भएको र आफुले किसानहरुसँग वृहत छलफल अर्न्तक्रिया गरेर नै यो कार्यक्रम ल्याइएको उहाँको भनाई छ । सरकारले कृषि क्षेत्रमा धैरे लगानी गरेको भएता पनि लगानी अनुसारको प्रतिफल पाउन नसकेको अबस्थामा यो कार्यक्रम प्रभावकारी हुने मन्त्री थापामगरले बताउनुभयो । कृषि व्यवसायमा कृषकहरुले कति लगानी गरेका छन् भन्दा पनि कृषि व्यवसाय गरेर कति उत्पादन गरेका छन् भन्‍ने महत्वपूर्ण हुने र विगतमा जस्तो यति लगानी गरेको छु, उहाँले भन्नुभयो, अब यति गाई र भैंसी पालेको छु, मेरो यस्तो बाख्रा फार्म छ, यति तरकारी लागाएको छु सरकारले मलाई अनुदान दिनु पर्यो भनेको भरमा अनुदान उपलब्ध गराउन सकिदैन ।’

उहाँले आफु किसानहरुकै वीचबाट उठेको नेता भएको र किसानहरुको जीवनस्तर माथि उकास्न सधैं लागि परेको भन्दै चालु आर्थिक वर्षमा कृषि क्षेत्रको विकासको लागि मन्त्रालयले धेरै राम्रो कार्यक्रम ल्याएको बताउनुभयो । पशुपन्क्षी विकासको लागि पाडीवाच्छी हुर्काउने कार्यक्रम, आहारको लागि साइलेस घाँस उत्पादन कार्यक्रम, दाना उद्योग स्थापना, पशुपन्क्षी पूर्ण खोप कार्यक्रम, वृद्ध पशुको व्यवस्थापन, दूधमा प्रति लिटर रु २।५० पैसा अनुदान, बाख्रा पालनमा घाँस रोपनमा अनुदान, निशुल्क पशुपन्छी विमा कार्यक्रम साथै माछा पोखरी निर्माणमा अनुदान, माछा भुरा खरीदमा ५०प्रतिशत अनुदान सम्मको कार्यक्रम ल्याएको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्रि थापामगरले प्रदेश सरकार प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर वनाउन लागिपरेको र गण्‍डकी प्रदेश, दूध मासु र अण्डामा आत्मनिर्भर भएता पनि खाद्यन्‍नमा आत्मनिर्भर हुन नसकेको भन्दै उत्पादन वृद्धिको लागि बाँझो जग्‍गा खेतीको प्रोतसाहनका लागि एकपटक प्रति रोपनी रु३००० अनुदान, तरकारी खेतीमा एकपटक प्रति रोपनी रु ३००० विउ र मल अनुदान, फलफूल खेतीमा विरुवामा अनुदान, जग्गा चक्लावन्दी कार्यक्रम, साना किसान सहयोग कार्यक्रम, एक सहकारी एक उत्पादन कार्यक्रम, कृषिमा आधुनिकीकरण गर्न कृषि यान्त्रिकिकरणमा अनुदान कार्यक्रम ल्याएको वताउनु भयो।

मन्त्रालयले वास्तविक किसानलाई केन्द्रमा राखेर कार्यक्रम ल्याएकोले यस क्षेत्रमा काम गर्न लगानीको अभाव नभएको उहाँको दावी छ।साथै मन्त्रालयको कार्यक्रमको लाभ लिन किसानहरुलाई आग्रह समेत मन्त्री थापामगरले आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै वन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापामगरले स्थानीय तह आफैमा सरकार भएको र वन्दिपुर गाउँ पालिकाको मुख्य उद्देश्य आफै आत्मनिर्भर हुने भएकोले उत्पादन वढाउन लागि परेको बताउनुभयो ।कृषि उत्पादनमा आत्मनिर्भर भएर मात्र समृद्धि हासिल गर्न सकिने भएकोले पालिकाले किसानलाई प्रोतसाहन स्वरुप दूधमा प्रति लिटर १ रुपैयाँ अनुदान दिने कार्यक्रम ल्याएको जानाकारी दिनुभयो।

यसै गरी नेपाल कम्यूनिष्‍ट पार्टी गण्‍डकी प्रदेश सचिवालय सदस्य क्षितिजले गण्डकी प्रदेश सरकार कृषि मन्त्रालयले ल्याएको अनुदानको कार्यक्रम खास किसानको हितमा रहेको र पर्तिफलमा आधारित अनुदान कार्यक्रमले वास्तविक किसानले अनुदान पाउने सम्भावना भएको भन्दै झोलामा कृषि फर्म राखी कागजपत्र मिलाउन जान्‍ने र नेता, मन्त्रीलाई चिनेको भरमा अनुदान खादै आएका विचौलियालाई निरुत्साही गर्ने वताउनुभयो ।कार्यक्रममा वन्दिपुर गाउँपालिकाले याम्पा दुग्ध उत्पादन सहकारी मार्फत दूध उत्पादनमा अनुदान कार्यक्रम अर्न्तगत प्रति लिटर रु. १ को दरले १२ लाख रुपैया अनुदान वितरण गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology