Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पोखरामा कोरोनाका कारण एक पुरुषको मृत्यु


3.7K
Shares

पोखरामा कोरोनाका कारण एक पुरुषको मृत्यु

कास्की २५, साउन । पोखरामा उपचाररत एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय एक पुरुषको गएराति मृत्यु भएको हो ।

प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले दिएको जानकारीअनुसार ती सङक्रमित पुरुषलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिनुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु भएको यो तेस्रो घटना हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology