Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

दुबईबाट १९१ यात्रु बोकेर उडेको बिमान भारतमा दुर्घटनाग्रस्त


1.7K
Shares

दुबईबाट १९१ यात्रु बोकेर उडेको बिमान भारतमा दुर्घटनाग्रस्त

काठमाण्डौं २३, साउन । दुबईबाट १९१ यात्रु बोकेको विमान केरलाको कालीकट विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ । एयर इण्डिया एक्सप्रेसको विमान रनवेमा चिप्लिँदा दुई टुक्रा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उक्त विमान शुक्रबार ७ बजे केरलाको कालीकट विमानस्थलमा ल्यान्ड गर्ने क्रममा चिप्लिएको भारतीय उड्ययन प्राधिकरणले जनाएको छ । दुर्घटना पाइलटसहित दुईजनाको मृत्यु भएको स्रोतलाई उदृत गर्दै बीबीसीले पुष्टि गरेको छ ।

विमान कम्पनीका अनुसार १० बालबालिकासहित १८५ यात्रु र ६ चालक दलका सदस्य रहेको जनाइएको छ । भारती वर्षमा भइरहेका समयमा IX-१३४४ कलसाइनको विमान रनवेको अन्तिम भागमा पुगेर दुई टुक्रा भएको जनाइएको छ । दुबइबाट भारतको दक्षिणी राज्य केरालाको कालीकट विमानस्थलमा चिप्लिँदा दुर्घटना भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology