Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्रीको ओलीको कोरोना परीक्षणका लागि स्वाब संकलन


1.7K
Shares

प्रधानमन्त्रीको ओलीको कोरोना परीक्षणका लागि स्वाब संकलन

काठमाण्डौ २३, साउन । कोरोना संक्रमित एक मन्त्रीको सम्र्पकमा रहेको पुष्टी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । शुक्रबार प्रधानमन्त्री र उहाँसँग नियमित सम्पर्कमा आउनेहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो।

प्रधानमन्त्रीलाई विभिन्न कामले भेटिरहनुपर्नेहरुको पनि स्वाब संकलन गरिएको उहाँको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन १४ गते बालुवाटारमा नै भेट भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई बिहीबार कोरोना संक्रमण पुष्टि भए संगै संक्रमित मन्त्रीको सम्र्पकमा भएका सवैको कोरोना परीक्षण गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology