गोरखा २३, साउन । दरौंदी नदीमा डुवेर बेपत्ता भएका एक बालकको शव फेला परेको छ । नदीले बगाएर बेपत्ता भएका जिल्लाको पालुङटार नगरपालिका–१ खुर्पाजुङका १४ बर्षका सविन श्रेष्ठको शव गोरखा नगरपालिका वडा नम्बर १२ खत्रीबेसी स्थित दरौंदी नदीको किनारामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी बासुदेव खतिवडाले जानकारी दिनुभयो ।
नदीले बगाएर बेपत्ता भएका अर्का बालकको पनि खोजी भइरहेको उहाँको भनाई छ ।