नागरिक सवाल संवाददाता
पर्सा २३, साउन । पर्सामा शुक्रबार ( आज) एकै दिन थप १४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षणका क्रममा १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु मध्ये २१ जना महिला रहेकाछन् भने १२० जना पुरुष रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिनुभयो । संक्रमितहरुमध्ये ४४ जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी छन् ।
त्यस्तै तराई हस्पिटलका १ जना, पशु अस्पतालका १ जना, सेनाका ५ जना, कारागारका रहेका २ जना बन्दीका साथै नेशनल मेडिकल कलेजका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।