Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सिन्धुपाल्चोकको मेलम्ची शिखरपुरका १५ घर जोखिममा


1.4K
Shares

सिन्धुपाल्चोकको मेलम्ची शिखरपुरका १५ घर जोखिममा

सिन्धुपाल्चोक २३, साउन । अबिरल बर्षाले मेलम्ची नगरपालिका १० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालसहित १५ परिवार अविरल बर्षाका कारण उच्च जोखिममा परेका हुन् ।

जान नसक्दा जोखिम मोलेर बसेको स्थानीय राजु दाहालले बताउनुभयो । उहाँले बस्ती नै उच्च जोखिममा परेपनि स्थानीय तहले कुनै चासो नदिएको भन्दै आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो ।

यता, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नगरपालिकासँग सम्पर्क गरेर टेन्ट, पाल जस्ता तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सकिने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology