गोरखा २३, साउन । गोरखा जिल्ला भित्र आजदेखि ४ दिन नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध हुने भएको छ । अहिले रहेको टेलिकमको प्रविधिलाई स्तरोन्नती गर्न लागिएकाले जिल्ला भित्र बढीमा ४ दिनसम्म टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध हुने नेपाल टेलिकम गोरखा शाखाले जनाएको छ ।
शुक्रबारदेखि २६ गतेसम्म नयाँ प्रबिधिको रुपान्तरण गर्न लागिएकाले सो अवधिमा गोरखा शाखाबाट बितरण गरिएका सबै लाईन अवरुद्ध हुने टेलिकमका प्रमुख चन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । ४दिनसम्म अबरुद्ध हुने भनिएपनि सकेसम्म छिटो कामसक्ने प्रयास गरिने उहाँको भनाई छ ।