Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

समुदायस्तरमै कोरोना फैलिएपछि गोरखाको लक्ष्मीबजार क्षेत्र ‘सिल’


3.7K
Shares

समुदायस्तरमै कोरोना फैलिएपछि गोरखाको लक्ष्मीबजार क्षेत्र ‘सिल’

गोरखा २२, साउन ।  समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजार क्षेत्रलाई सिल गर्ने निर्णय भएको छ । कोरोना भाइरस (कोभिड १९) को रोकथाम नियन्त्रण र न्युनिकरणका लागि गठित जिल्ला स्तरीय कमाण्डपोष्टको आज बसेको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।

बैठकले गोरखा नगरपालिका वडा नम्बर ९ को पूर्व तर्फ खोलखोले कट्टेल चोक, पश्चिम तर्फ टक्सार सातदोवाटो, उत्तर तर्फको सिर्दी खोला र दक्षिण तर्फको लुदि खोलासम्मको क्षेत्र सिल गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा थप ३ जनामा संक्रमणको पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङको कामलाई समेत तिव्रता दिने निर्णय बैठकले गरेको हो । सिल गरिएको क्षेत्रमा कडाई गर्न थप सुरक्षाकर्मी समेत परिचालन गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology