Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा आज एकैदिन कोरोना संक्रमणबाट ५ जनाको ज्यान गयो


1.6K
Shares

नेपालमा आज एकैदिन कोरोना संक्रमणबाट ५ जनाको ज्यान गयो

गोरखा २२, साउन । नेपालमा कोरोना भाइरस (कोभिड १९) का कारण आज एकैदिनमा पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार (आज) अपराह्ण दिएको जानकारी अनुसार अहिलेसम्म नेपालमा एकैदिन कोरोना भाइरसका कारण सवैभन्दा धेरैको मृत्यु भएको हो ।

यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६५ पुगेको छ। देशभर आ विभिन्न स्थानमा थप ३६० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

यो सँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या २१,७५० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । बिहिवार काठमाण्डू उपत्यकामा ८७ जना , पर्साका ४२ जना, कपिलवस्तुका ३२ जना, धनुषामा २४ जनामा र कैलालीका २१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology