Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा एकै परिवारका ३ जना सहित ६ जनामा कोरोना पुष्टी : संक्रमित को कहाँका हुन्, यो हेर्नुहोस !


1.6K
Shares

गोरखामा  एकै परिवारका ३ जना सहित ६ जनामा कोरोना  पुष्टी : संक्रमित को कहाँका हुन्, यो हेर्नुहोस  !

गोरखा २२, साउन । गोरखामा आज (बिहिबार) पुनः थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको गोरखा नगरपालिका र आरुघाट गाउँपालिकामा गरी ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित अब गोरखामा कोरोना संक्रमितको संख्या ११६ जना पुगेको छ । संक्रमितहरु गोरखा नगरपालिका ९ को लक्ष्मी बजारमा एकै परिवारका आमा सहित २ छोरामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमितहरु लक्ष्मीबजारकी कोरोना संक्रमित युवतीको छिमेकी भएको पुष्टी हुन आएको छ ।

संक्रमित महिलाको कन्ट्याक ट्रेसिङ मार्फत स्वाब लिएर पिसिआर परिक्षण गर्दा ३२ बर्षकी महिला र ७ र १० बर्षका बालकहरु कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । यता जिल्लाको आरुघाट गाउँपालिका ९ आरुघाट बजारघर भएका १ जना पुरुषलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

भारतीय सेनामा कार्यरत ४६ बर्षिय पुरुष घर बिदामा साउन १७ आरुघाट आएर साउन १९ गते बिहानबाट पालिकाले निर्माण गरेको भिमोदय क्याम्पसमा रहेको क्वारेन्टाइनमा बस्दै आएको पालिकाका स्वास्थ्य प्रमुख बिजय श्रेष्ठले जानकारी दिनुभयो । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले बिहिबार बिहान बिज्ञप्ती मार्फत दिएको जानकारी अनुसार जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ६ र ९ का गरि दुई जना पुरुषमा पनि कोरोना संक्रमणको पुष्टी गरेको छ । संक्रमित सवैलाई गोरखा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology