Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

फेरि बढ्यो सुनको भाउ, अहिले सम्म कै उच्च मुल्य


1.6K
Shares

फेरि बढ्यो सुनको भाउ, अहिले सम्म कै उच्च मुल्य

साउन २२, काठमाण्डौ । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउँमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ ।

एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो । महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ ।

बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ । बढ्दो मूल्यका कारण सुन चाँदीको बिक्र अत्यन्तै न्यून रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको भाउको असर नेपालमा देखिएको महासंघका महाचिव धर्मसुन्दर बज्राचार्यले बताए । सुनको भाउ बढने क्रम तत्काल रोकिने सम्भावना नभएको पनि उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology