Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

६ जिल्लामा आज भारी बर्षाको सम्भावना, कुनकुन जिल्लामा सर्तक रहन भन्यो बिभागले हेर्नुहोस !


3.5K
Shares

६ जिल्लामा आज भारी बर्षाको सम्भावना, कुनकुन जिल्लामा सर्तक रहन भन्यो बिभागले हेर्नुहोस !

काठमाण्डौ २३, साउन – पश्चिमका ६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भइरहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

विभागका अनुसार कालीकोट, दैलेख, जाजरकोट, अछाम, डोटी र कैलालीका केही स्थानमा पछिल्लो तीन घण्टा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय नदी तथा खोलामा बाढी आउने तथा भिरालो जमिनमा पहिरो जाने जोखिम देखिएको भन्दै विभागले ‘अलर्ट’ जारी गरेको छ । आज बिहान १० बजेसम्मै सतर्क रहन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology