गोरखा २०, साउन । गोरखाको लक्ष्मी बजारमा ब्यवसाय गरेर बस्ने १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।गोरखा नगरपालिका ९ लक्ष्मी बजारकी २४ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित गोरखामा कोरोना संक्रमितहरुको संख्या १०७ पुगेको छ ।
यात्रा ईतिहार खासै केही नदेखिएकी ति महिला गएको बिहीबार राजधानी गएर फर्किएकी थिईन । राजधानी जाने क्रममा उनले नागढुङ्गामा लिएको स्वाब परिक्षणका क्रममा उनमा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो ।
संक्रमित महिलालाई गोरखा अस्पतालका आइसोलेसनमा ल्याउने तयारी भई रहेको समेत न्यौपानेले बताउनुभयो ।
२४ बर्षिया ति महिला सौन्दर्यकला ब्यवसायी भएको बुझिन आएको छ । अहिले नगरपालिकाको स्वास्थ्यकर्मीहरुको टोलीले केही दिन यता देखी उनको सम्र्पकमा आएका मनिसहरुको पहिचान गरिरहेको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
पहिलो चरणमा उनको परिवार र केही दिन यता उनको ब्यवसायमा सम्र्पकमा आएकाहरुको स्वाब संकलन गरिने दोस्रो चरणमा उनको संगतमा रहेका अन्यको स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमित महिलालाई अस्पतालको आइसोलेसनमा राख्नु पुर्व त्यहा रहेका २ जनालाई डिस्चार्ज गरेर मात्र राख्ने तयारी भई रहेको गोरखा अस्पतालले जानकारी दिएको छ ।