गोरखा १८, साउन । गोरखा जिल्ला सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले गोरखा जिल्ला भित्र हुने गरेका नदीजन्य पर्दाथको अबैध उत्खनन्को कार्य भए बन्द गर्ने बताउनु भएको छ ।
आफ्नै कार्यकक्षमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टराई जिल्ला भित्र हुने सवै खालका अनियमिता र भष्ट्राचार रोक्न आफु प्रतिबद्ध रहेको बताउनु भएको हो ।
उहाँले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कार्यान्वयन गर्ने कुरा आफ्नो पहिलो प्राथामिकता रहेको भन्दै त्यसका लागि कसैसंग कुनै खालको सम्झौता नगर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले जिल्ला प्रसासन कार्यालयको काम बिकास निर्माणका लागि समन्वयतात्मक भूमिका खेल्नु पनी रहेकाले सवै स्थानीयततहरु संग समन्वय गरि बिकास निर्माणका काममा अबरोध हुुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।