Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा खोलाले बगाउदा एक जनाको ज्यान गयो


6.6K
Shares

गोरखामा खोलाले बगाउदा एक जनाको ज्यान गयो

गोरखा १७, साउन । गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङमा खोलाले बगाउदा एक बालिकाको ज्यान गएको छ ।शुक्रबार साँझ ६ बजे तिर अश्राङबाट मकै लिन गएका आफ्ना वुवा अशोक तिवारीको पिछा गर्दै गएकी ३ बर्षिया अमिसा तिवारीलाई खोलाले बगाउदा ज्यान गएको जिल्ला प्रहरी कार्याल गोरखाले जानकारी दिएको छ ।

घरै देखी पिछा गरेकी बालिकाको बारेमा बुवाले थाहा नपाउदा उत्त घटना भएको हो । बालिकाको शव राती ११ बजे ज्यादुल खोलाको किनारमा फेला परेको थियो । बालिकाको आफन्त, स्थानिय र प्रहरीले राती ११ बजे खोला किनारमा अमिसालाई मृत्त अवस्थामा फेला पारेको बोर्लाङ्ग प्रहरी चौकीका ईन्चाज धनबहादुर जितीले जानकारी दिनुभयो ।

‘दिउसो ५ः३० बजे नै बुवाको पछि लागेर गएको थियो । बालिकाको बुवाले त्यो कुरा थाहा नपाउदा दुखद घटना घट्यो’ एक स्थानियले फोनमा जानकारी दिएका छन् । बालिकाको शब पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी भई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology