Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा मास्क नलगाई हिड्दा पक्राउ परेका ५३ जना जरिवाना तिरेर छुटे


1.8K
Shares

गोरखामा मास्क नलगाई हिड्दा पक्राउ परेका ५३ जना जरिवाना तिरेर छुटे

गोरखा १५, साउन । गोरखा बजारमा बिना मास्क हिडढुल गर्ने ५३ जना कारवाहीमा परेका छन् । बिहिबार सदरमुकामको विभिन्न क्षेत्रमा हिडिरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको हो । लकडाउन खुकुलो भए संगै बजारमा मानिसहरुको चलहपहल बढेको छ । सावजनिक सवारी तथा पसल र सरकारी कामले आउनेहरुको संख्या पनि ह्वात्तै बढेको छ । तर संक्रमणका कारण सरकारले मास्क लगाएर मात्र घर बाहिर निस्कन गरको आग्रहलाई अटेर गरेको भन्दै आज ५३ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रही रहेको भन्दै लकडाउन केही खुकुलो बनाएता पनि सबैलाई घर बाहिर निस्कदा मास्क अनिवार्य लगाउन सरकारले यस अघि नै अनुरोध गरेको थियो । यदी घर बाहिर निस्कदा मास्क नलगाएको पाइएमा संक्रमण ऐन २०२० अनुसार कारवाही गर्न प्रशासनलाई परिपत्र गरे पछि जिल्लामा पहिलो पटक उनीहरुको कारवाहीमा परेका हुन ।

पक्राउ परेको सबैले आजै संक्रमण ऐन अनुसार रु १०० जरिवाना तिरेर छुटेका जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सबैलाई घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन भन्दै माईकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।कोरोना भाइरस संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि समेत मास्क अनिवार्य भएको भन्दै सामाजिक दुरी कायम गर्न र घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन समेत प्रहरी कार्यालय गोरखाले आग्रह गरेको छ ।

नियन्त्रणमा लिएका सबैलाई प्रहरी कार्यालय परिषर भित्र सचेतना मुलक प्रशिक्षण गराईएको थियो । आज नियन्त्रणमा लिएका मध्ये १३ जना महिला र ४० जना पुरुष रहेको प्रहरी कार्यालय गोरखाले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology