Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको सिरानचोक गाउँपालिकामा भोलि सार्वजनिक बिदा


1.9K
Shares

गोरखाको सिरानचोक गाउँपालिकामा भोलि सार्वजनिक बिदा

दीपक श्रेष्ठ
गोरखा १५, साउन
गोरखाको सिरानचोक गाउँपालिकाले भोलि पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय बिभूति अमरसिंह थापाको २०४ औं स्मृति दिवसको अबसरमा सिरानचोक गाउँपालिकाले साउन १६ गते शुक्रबार पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत भेषबहादुर कुँवरले जानकारी दिनुभयो ।
तत्कालिन गोरखा राज्यको रक्षा किल्ला गोरखाको सिरानचोककोटमा बिक्रम सम्बत १८३८ मा चौविसे राज्यहरुसंग लडाइमा शौर्य र रणकौशलको प्रर्दशन गर्न सफल तथा नेपाल एकिकरणमा महान भूमिका खेल्नु भएका थापाको सम्मानमा स्मृति दिवसको अबसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । बि.स १८७३ साउन १६ गते राष्ट्रिय बिभूति थापाको गोसाईकुण्डमा मृत्यु भएको दिनको अबसरमा बिदा दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।
गाउँसभाको गएको असार ३१ गतेको बैठकले थापाको स्मृति दिवसको अबसरमा बिदा दिने निर्णय गरेको थियो । सार्वजनिक बिदामा गाउँपालिका भित्रका पालिका अन्र्तगतका सवै सरकारी कार्यालयहरु बन्द रहने उहाँले जानकारी दिनुभयो । स्मृति दिवसको अबसरमा शुक्रबार नै गाउँपालिका स्थित गाँखुको डाँडेमा अमरसिंह पार्क निर्माणका थालनी गर्न झण्डोत्तोलन कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology