Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लकडाउनका कारण बन्द भएका होटल आजबाट सञ्चालन हुने


1.6K
Shares

लकडाउनका कारण बन्द भएका होटल आजबाट सञ्चालन हुने

लकडाउनका कारण चार महिनासम्म बन्द भएका होटलहरू आजबाट सञ्चालन हुने भएका छन् । सरकारले साउन १५ गतेदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि होटलसँग आवद्ध सङ्गठनहरूले आजबाट होटल सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

काठमाडौँ, पोखरा, सौराहा, नेपालगञ्ज लगायत मुख्य ठूला बजारमा होटल खुल्न थालेका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बर्खाको सिजन भएकाले अपेक्षितरुपमा पर्यटक नआउने भए पनि सौराहा खुल्यो भन्ने सन्देश दिन लागिएको जानकारी दिनुभयो ।

सैराहाका व्यवसायीहरुले केही प्रतिशत छुटको अफर दिने तयारीसमेत गरेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सौराहामा हुने पर्यटकीय सबै गतिविधिमा विषेश छुटको प्याकेज दिनेबारे छलफल भइरहेको बताउनुभयो ।

सौराहामा ११० होटल सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology