गोरखा १४, साउन । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङकोटमा जबरजस्ती करणीको आरोपमा एक बालक पक्राउ परेका छन् । एकै घरमा बस्दै आएका १० वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा काका पर्ने १५ वर्षिय बालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिनुभयो ।
छोरी नाता पर्ने बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको पिडित बालिकाले आरोप लगाएकी छिन् । ति बालिकाको बुवा बैदेशिक रोजगारीमा छन् भने आमाले छाडेर अन्यत्र गएको ६ वर्ष भइसकेको बताइएको छ ।
बालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उमेरहदका कारण बालकको नाम भने गोप्य राखिएको छ । बालिकाको गोरखा अस्पतालमा थप उपचार भईरहेको छ ।