रेशमबावु बिश्वकर्मा
गोरखा १४, साउन । गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगर प्राकृतिक प्रकोपले पारेको क्षतिको अध्यायन गर्न जनताको घरदैलोमा पुग्नु भएको छ । यही श्रावण १२ र १३ गते गृह जिल्ला गोरखा आउनु भएका मन्त्री थापामगर कोरोनाको महामारीबाट आक्रान्त भएको अवस्थामा केहि दिनदेखि अविरल रुपमा परेको वर्षाका कारण निम्तिएको प्रकृतिक विपत्तिमा परेका जनताको पिरमर्का बुझ्न आफ्नो निर्वाचन क्षेत्र जानु भएको हो ।

सोही क्रममा साउन ५ गते पहिरोमा परी मृत्यु भएकी गण्डकी गाउँपालिका वडा नं ४, कौदीकी लक्ष्मी गुरुङ्गको परिवारलाई संघीय सरकारले उपलब्ध गराएको रु२ लाख र प्रदेश सरकारको रु ५० हजार गरी २ लाख ५० हजार रुपैयाँ राहत रकम हस्तान्तरण गर्नुभएको छ ।यसै क्रममा गण्डकी गाउँपालिका वडा नं २, पातिश्वाँरमा गएको पैह्रोको कारण भएको क्षतिको अध्यायन गरी सो पहिरोको जोखिमका कारण नजिकैको विद्यालयमा आश्रय लिएका जनतासँग सान्तव्ना दिनुभयोे ।

जोखिमयुक्त वस्तीको भू–गर्भविदद्वारा अध्यन गर्न आवश्यक भएको बताउदै आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही वडाको याङ्दीमा निर्माणधिन खेल मैदानको अनुगमन निरीक्षण गर्नुका साथै श्री सुन्तला उत्पादक कृषि सहकारीका किसानहरुसँग पिढिसभा गरी कृषि क्षेत्र र विकास निर्माण सम्बन्धी अन्तरक्रियामा समेत मन्त्री थापामगर सहभागी हुनुभयो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापामगरले किसानहरुको पिर मर्का आफुले बुझेको र कृषि क्षेत्रको विकासको लागि प्रदेश सरकारले चालु आर्थिक बर्षमा विभिन्न योजना ल्याएको जानकारी दिनुभयो । त्यसै गरी मन्त्री थापाले प्राकृतिक विपत्तिले पारेको क्षतिको अध्यायनको साथै प्रदेश सरकारबाट भएका विकास निर्माणका योजनाहरुको अनुगमन निरिक्षण पनि गर्नु भएको छ ।

शहिद लखन गाँउपालिका वडा नं ६ अर्न्तगत बतासे, ज्यामिश्वारा, रानागाँउमा प्रदेश सरकारको एक घर एक धारा कार्यक्रम अर्न्तगत निर्माणधिन लिफ्टिङ्ग खानेपानी योजनाको अनुगमन निरीक्षण गर्दै आगामी दशैं सम्ममा योजनाको काम सम्पन्न गर्न उपभोक्ता समितिलाई निर्देशन दिनुभयो । सोहि क्रममा भुकम्प पुननिर्माण अन्तरगत रेक्ट्रोफिटिङ्ग घरको समेत अध्यन गर्नुभयो । उक्त कार्यक्रममा गाउँपालिकाका स्थानीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।