Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा कोरोनाका कारण थप ३ जनाको मृत्यु


3.8K
Shares

नेपालमा कोरोनाका कारण थप ३ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ।  सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा कोरोनाको कारण एक भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको पुष्टि गर्नुभयो ।

प्रवक्ता गौतमका अनुसार पर्साको वीरगन्ज महानगरपालिका–१०, निवासी ६५ वर्षीय भारतीय नागरिकको आइतबार बिहान गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको हो। उनी मुट तथा मधुमेहका रोगी रहेका थिए।

त्यस्तै धनुषाको सहिदनगर नगरपालिका–८ डुमरिया निवासी ३६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणकै कारण आइतबार मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो । ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या आएपछि उनी शनिबार जनकपुर अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार नआएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा निधन भएको उहाँले बताउनु भयो ।

बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो। उनी निमोनिया, मस्‍तिष्कघात र मिर्गौलासम्बन्धी रोगका बिरामी भएको प्रवक्ता गौतमले बताउनुभयो ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology