गोरखा १०, साउन- लायन्स क्लब अफ गोरखा सिटिले आज गोरखा नगरपालिका क्षेत्रमा बृक्षारोपण गरेको छ । क्लबले नगरपालिकाको वडा नम्बर १ स्थित ताप्ले बिहान एक कार्यक्रमको आयोजना गरि बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
स्थानीयलाई आवश्यक पर्ने घाँस प्रजाति र जमिनमा हराभरा कायम राख्न मद्दत पुर्याउने उद्देस्य क्लबले बृक्षारोपण गरेको क्बलकी सदस्य अस्मिता थापामगरले जानकारी दिनुभयो ।
सो अबसरमा क्बलले करिब १ सय वटा बिरुवा रोपेकेको उहाँको भनाई छ । वडाध्यक्ष हिम्मतजंग कुवँरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबका सक्रिय सदस्य तथा स्थानीयबासीहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।