गोरखा १०, साउन ।गोरखाको शहिदलखन गाउँपालिका भित्रका थप १२ जनाको कोरोना भाइरस (कोभिड १९) को परीक्षणका लागि स्वाबको नमुना संङकलन पठाइएको छ ।
गाउँपािलकाको वडा नम्बर– ७ स्थित शहिद स्मृति माध्यामिक बुङकोटको क्वारेन्टाइनमा रहेका ४ जना र भगवती हिमालय माध्यामिक बिधालय घैरुङको क्वारेन्टाइनमा रहेका २ जना गरि ६ जना, मनकामना माविको क्वारेन्टाइनमा रहेका ३ जना र कन्ट्याक्ट ट्रेसिङ आधारमा ३ जना गरि १२ जनाको स्वाबको नमुना संङ्कलन गरेर परीक्षणका लागि पठाइएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।