Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चर्चित गायिका पुजा क्षेत्रीको मौलिक तिज गीत कोशेली “के मा चित्त दुख्यो मयालैै, सार्वजनिक (भिडियो सहित)


8.3K
Shares

चर्चित गायिका पुजा क्षेत्रीको मौलिक तिज गीत कोशेली “के मा चित्त दुख्यो मयालैै, सार्वजनिक (भिडियो सहित)

गोरखा ८, साउन । गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट गीत तिम्रो मायाको अत्याधिक सफलता पछि चर्चित गायिका पुजा क्षेत्रीले यस बर्षको तीजको कोसेली “के मा चित्त दुख्यो मयालै” लिएर आएकी छिन् ।हिन्दुहरुको महान पर्व हरितालिका तीजको अवसरमा चर्चित सर्जक शिब हमालको लय तथा शब्दमा बहुप्रतिभाशाली लोकदोहोरी गायक राजु परियार र गायिका पुजा क्षेत्रीको आवजमा रहेको तीज गीत “के मा चित्त दुख्यो मयालै” एक्सिस् मिडिया इन्टरटेन्मेन्ट युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) सार्वजनिक भएको हो ।

समकालीन कलाकार भन्दा फरक देखिन रुचाउने गायिका क्षेत्रीले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष सन्देश पस्कने गर्दछिन् । मौसम हिमालीको निर्देशनमा लोकदोहोरी गायक तथा मोडल रामजी खाँड र अञ्जली अधिकारीको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त भिडियोमा अजय रेग्मीले छाँयाकन तथा प्रबिन भट्टको सम्पादन रहेको छ । सुर्खेतमा जन्मिएकी पुजा क्षेत्री हाल काठमाडौंमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचित क्षेत्री गायनमा मात्र होइन, मोडलिङमा पनि उत्तिकै जम्छिन ।

https://youtu.be/qA2S_soCzgQ?t=504

उनले १६ वटा भन्दा बढि एल्बम बजारमा आईसकेको छ भने २४ भन्दा बढि गीतहरुमा आवाज दिईसकेकी छिन् । उनले मिलन लामा सँग गाएको तिम्रो माया र भुरुरु पुतली उड्यो बोलको गीत पनि चर्चामा रहेको थियो । हरितालिका तीज नेपाली महिला तथा संस्कृतीको सम्बन्ध रहेको हुनाले परम्परा संरक्षण गर्नको लागि आफूले मौलिक गीतलाई प्राथमिकता दिदै आएकोले सांगीतिक यात्रामा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई निरन्तर अघि बढाउने योजना रहेको बताउछिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology