Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सुनको मूल्यमा नयाँ कृतिमान, आजको मूल्य कति हेर्नुहोस


1.7K
Shares

सुनको मूल्यमा नयाँ कृतिमान, आजको मूल्य कति हेर्नुहोस

गोरखा ८, साउन ।  सुनको मूल्यमा आज (बिहिबार) पुनः नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको मूल्य ९४ हजार पाँच सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य भने ९४ हजार ६५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको बताएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोता मूल्य ११ सय ४५ रुपैयाँ कायम भएको छ ।

मूल्य आकासिएसँगै बजारमा सुनचाँँदी खरिद गर्ने ग्राहक कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विश्व अर्थतन्त्रमा देखिएको कोरोना महामारीको असरका कारण सुनको मूल्य बढेको महासंघका अध्यक्ष मोहन सुनारले बताउनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस दुई हजार डलरसम्म पुग्ने आकलन गरिएकाले त्यसको असर नेपाली बजारमा अझै पर्न सक्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology