Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सन् २०२१ अघि कोरोना बिरुद्धको खोप बन्ने आशा छैन : डब्लुएचओ


1.8K
Shares

सन् २०२१ अघि कोरोना बिरुद्धको खोप बन्ने आशा छैन : डब्लुएचओ

एजेन्सी ८, साउन । विश्व स्वास्थ्य संगठनले सन् २०२१ भन्दा पहिले कोरोना भाइरसको खोप बन्ने कुनै आशा नरहेको स्पष्ट पारेको छ । विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइक ¥यानले कोरोना भाइरसको खोप बनाउने विषयमा अध्ययन र अनुसन्धानकर्तालाई सकारात्मक नतिजा प्राप्त भएपनि सन् २०२१ को सुरुवाति क्रममा मात्रै खोप बन्ने बताउनुभयो ।

उहाँले कोरोना विरुद्धको खोपको सुरक्षा मापदण्डमा कुनै कमी नगरिने हुँदा खोप बन्ने काममा केही ढिलाई समेत हुन सक्ने उल्लेख गर्नुभयो । कोरोना भाइरस विरुद्धको खोप मानिसलाई दिनुभन्दा पहिले कति सुरक्षित र प्रभावकारी छ त्यो विषयमा विश्व स्वास्थ्य संगठनले पहिले नै सुनिश्चित गर्ने अनिमात्रै मानिसमा त्यो खोप दिने उहाँको भनाइ छ ।

डा. ¥यानले अहिलेसम्म कोरोना विरुद्धको सम्भावित खोप आफ्नो तेस्रो चरणको परीक्षणको क्रममा रहेको र सुरक्षा मापदण्डमा कुनैपनि खोपको नतिजा फेल नभएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology