Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बारपाक सुलिकोटमा पहिरोले ६९ घरपरिवार बिस्थापित, ६ वटा बिधालयमा क्षती


2.6K
Shares

बारपाक सुलिकोटमा पहिरोले ६९ घरपरिवार बिस्थापित, ६ वटा बिधालयमा क्षती

गोरखा ८, साउन । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा केहि दिनदेखि परेको अबिरल बर्षापछि आएको पहिरोका कारण ६९ घर परिवार बिस्थाापित भएका छन् । गाउँपालिकाको वडा नम्बर १ र २ बाहेकका सवै वडाका गरि पहिरोका कारण ६९ घरपरिवार बिस्थापित भएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

लगातारको बर्षापछि आएको पहिरो गाउँपालिकाको वडा नम्बर ३ को चित्रे भन्ज्याङ, चिसापानी, काफल डाँडाका ४ घर परिवार बिस्थापित भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ४ को जौवारी, जेडाँडा र अर्चलेका लगायतका स्थानका १० घर परिवार पहिरोका कारण बिस्थापित भएको अध्यक्ष भट्टको भनाई छ ।

पहिरोका कारण वडा नम्बर ५ को पतेनाबारी र डुम्रेका ४ घर परिवार, वडा नम्बर ६ को मसार र डाँडाका १४ घरपरिवार, वडा नम्बर ७ को च्याजी पोखरी र डुम्रे र बालुवाका गरि १८ घर परिवार बिस्थापित भएको उहाँले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष भट्टका अनुसार वडा नम्बर ८ को तिनखण्डे, जराङ लगायतका स्थानका १९ घर परिवार पहिरोले बिस्थापित भएका छन् ।

निरन्तरको बर्षापछि आएको पहिरोले गाउँपालिका भित्रका ६ वटा बिधालयमा समेत क्षती पु¥याएको उहाँले बताउनुभयोे । पहिरोका कारण वडा नम्बर ६ ताकुकोटमा रहेको सूर्य ज्वोती माध्यामिक बिधालय र मनासलु आधारभूत बिधालय बहकोटको भवनमा क्षती पु¥याएको अध्यक्ष भट्टले बताउनुभयो ।
त्यस्तै वडा नम्बर ४ सौरपानीमा रहेको मूलदेवी आधारभूत बिधालय, हिमालय माध्यामिक बिधालयम, वडा नम्बर २ बारपाक स्थित कन्यादेवी आधारभूत बिधालय, वडा नम्बर ३ शिम्भुमा रहेको शिव आधारभूत बिधालयमा पनि पहिरोले क्षती पु¥याएको उहाँले जनकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology