Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाक सुलिकोटले अबरुद्ध सडक सूचारु गर्न तत्काल पहल थाल्ने


2.3K
Shares

बारपाक सुलिकोटले अबरुद्ध सडक सूचारु गर्न तत्काल पहल थाल्ने

गोरखा ६, साउन । बारपाक सुलिकोट गाउँपालिका गोरखाले केहीदिन देखिको अविरल बर्षाको कारण अबरुद्ध हुन पुगेका सडक छिटो सूचारु गराउन तत्काल पहल थाल्ने भएको छ । गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टको अध्यक्षतामा आज बसेको जनप्रतिनिधि तथा कर्मचारीहरुको बैठकले अबरुद्ध सडक जतिसक्दो छिटो सूचारु गर्न गाउँपालिकाको प्राबिधिक शाखालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै पालिका भित्र भएका पहिरोको रोकथामका लागि आबश्यक जाली व्यवस्थापन लगायत सम्भावित बिस्थापितहरुको व्यवस्थापनका लागि त्रिपाल लगायतका सामग्री व्यवस्थापनका लागि लेखापाल गंगाबहादुर गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

बैठकले पालिका भित्र अबिरल बर्षाका कारण भएको सवै प्रकारको क्षतिको बिबरण वडा कार्यालय मार्फत संकलन गर्न बिभिन्न ८ जना कर्मचारी परिचालन गर्ने निर्णय पनि गाउँपालिकाले गरेको शाखा अधिकृत इश्वरीप्रसाद पनेरुले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology