गोरखा २८, असार- गोरखाका स्थानीय तहका जनप्रतिनिधिहरुले पनि अब ५० प्रतिसत बढी सुबिधा पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले स्थनीयतहका जनप्रतिनिधिहरुलार्य पहिले तुलनामा बढी सेवा सुबिधा उपलब्ध गराउने नयाँ बिधेयक पारित गरेपछि गोरखा जनप्रतिनिधिहरुले पनि त्यो सुबिधा पाउने भएका हुन् । बिधेयक अनुसार अब गण्डकी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधीहरुले बिभिन्न १३ वटा शिर्षकमा सुबिधा लिन पाउनेछन् ।
जस अनुसार जिल्ला समन्वय समितिका प्रमुखले ६१हजार, उपप्रमुखले ४८ हजार र समितिका सदस्यले २५ हजार मासिक सुविधा पाउने छन् । । यसअघि उनिहरुले क्रमश ३९ हजार ५ सय, ३१ र १५ हजार पाउथे । यसैगरि पारित विधेयक अनुसार चार्डपर्व सुविधा वापत क्रमश ३२ हजार, २८हजार र २५ हजार बार्षिक रुपमा पाउने भएका छन् । प्रति बैठक सवैले १ हजार, दैनिक भ्रमण भत्ता प्रमुखले १८००, उपप्रमुखले १६०० र सदस्यले १५०० सगै विदेश भ्रमण गर्दा क्रमश १५०डलर, १३५डलर र १२० अमेरिकी डलर दैनिक पाउने भएका छन् ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिकाका प्रमुख सहित गण्डकी प्रदेशका नगरपालिका प्रमुखहरुले ५२ हजार ५ सय, उपप्रमुखले ४७हजार, वडा अध्यक्षले २६हजार, कार्यपालिका सदस्यले २२हजार र वडा सदस्यले १३ हजार ५ सय मासिक सुविधा पाउने । यस अघि उनिहरुले क्रमश ३७ हजार, ३१ हजार ५ सय, २१ हजार, २० हजार र १२ हजार ५ सय पाउथे ।
चार्डपर्व सुविधा वापत प्रमुखले ३०हजार, उपप्रमुखले ३०हजार , वडाध्यक्षले २५ हजार, कार्यपािलका सदस्यले २०हजार र सदस्यले १८ हजार वार्षिक पाउने छन् । प्रति बैठक सवैले १ हजार, दैनिक भ्रमण भत्ता प्रमुखले १ हजार ८ सय, उपप्रमुखले १ हजार ६ सय अन्यले १ हजार ५ सय पाउनेछन् । विदेश भ्रमण गर्दा उनिहरुले दैनिक क्रमश १४०, १३५, १२५, १२५ र १२० अमेरिकी डलर पाउने भएका छन् ।
त्यस्तै गोरखा जिल्ला सहित गण्डकी प्रदेश भित्रका गाँउपालिकाका अध्यक्षले ४८हजार, उपाध्यक्षले ४३हजार , वडाध्यक्षले २३ हजार, कार्यपालिका सदस्यले १९ हजार ५ सय र वडा सदस्यले १२ हजार मासिक पाउने छन । यस अघि उनिहरुले क्रमश ३३, २७, १९, १८ ९ हजार मासिक पाउथे । नयाँ विधेयक अनुसार चार्डपर्व सुविधा वापत उनिहरुले क्रमश २५, २५, २०, र १८ र १५ हजार वार्षिक पाउने छन् ।प्रति बैठक सवैले १ हजार, दैनिक भ्रमण भत्ता अध्यक्षले १ हजार ८ सय, उपाध्यक्षले १ हजार ६ सय अन्यले १ हजार ५ सय पाउनेछन् ।
विदेश भ्रमण गर्दा उनिहरुले दैनिक क्रमश १३५, १३०, १२५, १२५ र १२० अमेरिकी डलर पाउने भएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिवहादुर चुमानले ‘गाँउसभा नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सेवा सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसहमत रुपमा पारित भएको जानकारी दिनुभयो । भयो ।