सिन्धुपाल्चोक २७, असार ।भोटेकोसी पहिरोमा परि बेपत्ता नाङ्चे मगरको सकुशल उद्दार गरिएको छ । आज बिहान भोटेकोसी पहिरोमा परि बेपत्ता भएका मगरलाई खोजी तथा उद्दारका क्रममा आज जिवितै फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधब काफ्लेले जानकारी दिनुभयो ।
शरीरमा सामान्य चोट्पटक लागेका उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उहाँलाइ टाउको र खुट्टामा सामान्य चोट लागेको अबस्थामा उद्दार गरिएको हो । जम्बु बाढिमा बेपत्ता भएकाहरुको खोजिकार्य जारी छ ।