गोरखा २५, असार । गोरखा जिल्ला हिजोरातीदेखि नेपाल टेलिकमको मेवाईल तथा इन्टरनेट सेवा अबरुद्ध भएको छ । फाइवरमा समस्या आएकाले हिजोदेखि जिल्ला भित्रका अधिकास क्षेत्रमा नेपाल टेलिकमको मोवाईलमा सम्र्पक हुन सकेको छैन भने इन्टरनेट सेवा समेत अबरुद्ध भएको टेलिकमले जनाएको छ ।
मोवाईल फोन र इन्टरनेट अबरुद्ध हुदा सेवाग्राहीले भने सास्ती खेप्नु परेको छ । अबरुद्ध सेवा सूचारु गर्न प्रयास भईरहेको नेपाल टेलिकम गोरखा शाखाले जनाएको छ ।