Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गोरखा बोर्लाङका ११७ जनाको स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाइयो


4.7K
Shares

गोरखा बोर्लाङका ११७ जनाको स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाइयो

गोरखा १७, असार- गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङको महादेवटारमा ११७ जनाको स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएको छ । कन्ट्रयाक्ट ट्रेसिङका कोरोना पुष्टी भएकाहरुको सम्पर्कमा पुगेका आज पहिचान गरि स्वाब संकलन गरेर परीक्षणका लागि गण्डकी प्रदेश स्थित जनस्वास्थ्य प्रयोगशाला पोखरामा पठाइएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

बोर्लाङमा समुदाय स्तरमा नै कोरोना संक्रमण फैलिएपछि मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय र बिश्वस्वास्थ्य संगठनका स्वास्थ्यकर्मी सहितको टोली महादेवटार पुगे थियो । ‘दोस्रो चरणमा आज नै संक्रमित व्यक्तिहरुको सम्र्पक भएका कन्ट्रयाक्ट ट्रेसिङ गरि एकैसाथ स्वाब संकलन पनि गरिएको हो ।’ उहाँले भन्नुभयो । स्वांब संकलन गरिएका मध्ये ११४ जना कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान गरिएका व्यक्तिहरु रहेको खनालले जानकारी दिनुभयो । मंगलबार स्वाब संकलन गरिएका मध्ये २७ महिला र ९० जना पुरुष रहेको उहाँले बताउनुभयो ।

गएको जेठ २२ गते हिरासतबाट छुटेर गएका २८ बर्षिय युवकमा कोरोना संक्रणमको पुष्टी भएपछि उनका सम्र्पकमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङक गरि ३८ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएकोमा ३ जनाको रिर्पोट आएको थियो । रिर्पोट प्राप्त भएका तिनै जनामा कोरोना संक्रमणको भएको पाइएपछि त्यस क्षेत्रमा समुदाय स्तरमै संक्रमणको पुष्टी भएको थियो । समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि त्यस क्षेत्रलाई अहिले कोरोना संक्रमित क्षेत्र घोषणा गरि बन्दाबन्दीलाई कडाई समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology