Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्ध इरानले जारी गर्यो पक्राउ पुर्जी


1.8K
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्ध इरानले जारी गर्यो पक्राउ पुर्जी

एजेन्सी १५ असार – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। इरानले राष्ट्रपटि ट्रम्पलाई पक्राउका लागि पक्राउ पुर्जी जारी गरेको समाचारसंस्था एपीले जनाएको छ ।

गत जनवरीमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीको इराकको राजधानी बग्दादमा हत्या गरेको आरोपमा इरानले ट्रम्पसहित तीस जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

तेहरानका अभियोजनका अली अल्क्वासिमेरले उनीहरूमाथि हत्या र आतंकवादको अभियोग लगाइएको बताउनु भएको छ। ट्रम्प राष्ट्रपतिबाट हटेपछि पनि इरानले उहाँलाई पक्राउ गरिने इरानी अधिकारीहरुको भनाई छ ।

इरानी अधिकारीले ट्रम्पलाई पक्राउ गर्न इन्टरपोलसँग सहयोग माग्दै अनुरोध समेत पठाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology