Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा थप ६ जनामा कोरोना संक्रमणको पुष्टी : सिरानचोकमा पनि भेटियो संक्रमित


1.9K
Shares

गोरखामा थप ६ जनामा कोरोना संक्रमणको पुष्टी : सिरानचोकमा पनि भेटियो संक्रमित

गोरखा १५, असार । गोरखामा आज (सोमबार) थप ५ जनामा संक्रमणको पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणका क्रममा उनिहरुमा कोरोना संक्रमणको पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले गोरखा जिल्लामा आज ५ जना संक्रमित भेटिएको जानकारी दिनुभयो ।

आज थप भएका सवै जिल्लाको भीमसेन थापा गाउँपालिकामा क्वारेन्टिनमा बासिन्दाहरु रहेका जनाइएको छ । थपिएका पाँचै जना भारतबाट आएकाहरु रहेको बताइएको छ । जसमा नवजागृती आधारभूत बिधालय अश्राङको क्वारेन्टाइन रहेका २ जना, बृन्द्राबती माध्यामिक बिधालयको क्वारेन्टाइनमा रहेका २ जना र शान्ति माध्यामिक बिधालयको क्वारेन्टाइनमा रहेका मध्ये १ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सगैं गोरखा जिल्लामा संक्रमितको संख्या ८३ पुगेको छ । यता जिल्लाको सिरानचोक गाउँपालिकामा पहिलो पटक एक जनामा कोरोना संक्रमण भेटिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका ३६ बर्षका एक पुरुषमा हिजो सांंझ कोरोना संक्रमण पुष्टी भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको स्वाब परीक्षणका क्रममा युवकमा कोरोना संक्रमण भएको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो । भारतबाट फर्किए लगत्तै उनि नयाँ सांघुको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology