एजेन्सी १४ असार । भारतले लद्दाख क्षेत्रमा चीनबाट हुनसक्ने सम्भावित आक्रमणकलाई रोक्न भन्दै एयर डिफेन्स हतियार प्रणाली सहित सेना परिचालन गरेको छ । पूर्वी लद्दाखमा चीनबाट हुनसक्ने कुनै पनि आक्रामक कदमलाई दुरुत्साहित गर्न भन्दै सेनाको सख्या बृद्धि गरेको हिन्दूस्तान टाइम्सले जनाएको छ ।
‘पूर्ण तयार हुनुपर्ने यो अवस्थामा हामी कुनै पनि घटनाका लागि तयार छौं भनेर समन्वयकारी भूमिका निभाइरहेका सबै निकायबाट आवश्यक मापदण्ड अपनाइएको छ,’ पत्रिकामा उल्लेख गरिएको छ ।
भारतको सैनिक आर्सनलमा स्थानीय आकाश, इजरायली स्पाई डेर, सेभियतकालिन पेचोरा र ओएस–एके प्रणालीजस्ता एयर डिफेन्स हतियार समावेश छन् । एयर डिफेन्स प्रणालीले फाइटर जेट, हेलिकप्टर र एरियल गाडीहरुको निशाना रोक्नसक्छ ।
‘चिनियाँ पक्षले सैनिक बढाएसँगै प्रतिक्रिया स्वरुप हामीले पनि आफ्नो सेना र हतियार बढाएका छौं । हामी सीमा क्षेत्रमा कडा रुपमा चनाखो भइरहेका छौं र पिएलएले चाल्ने कुनै पनि खतरनाक कदमको प्रतिक्रिया दिन पूर्ण तयार छौं,’ एक भारतीय अधिकारीले भने ।
यसअघि गलवान क्षेत्रमा भएको भिडन्त २० भारतीय सैनिक मारिएका थिए भने १५ जना घाइते भएका थिए, यता चीनतर्फ भने हालसम्म क्षतिको कुनै विवरण सार्वजनिक गरिएको छैन ।
यसअघि गलवान क्षेत्रमा भएको भिडन्त २० भारतीय सैनिक मारिएका थिए भने १५ जना घाइते भएका थिए, यता चीनतर्फ भने हालसम्म क्षतिको कुनै विवरण सार्वजनिक गरिएको छैन ।
‘