Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा बोर्लाङका तिनै जना कोरोना संक्रमितलाई उपचारका लागि आइसोलेसनमा पठाइयो


2.3K
Shares

गोरखा बोर्लाङका तिनै जना कोरोना संक्रमितलाई उपचारका लागि आइसोलेसनमा पठाइयो

गोरखा १३, असार – गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङ महादेवटारका कोरोना संक्रमितलाई आज उपचारका लागि आइसोलन भर्ना गरिएको छ । शुक्रबार संक्रमण पुष्टी भएका महादेवटारका ३ नै जनालाई उपचारका लागि आइसोलन वार्ड भर्ना गरिएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

उनिहरुलाई गोरखा क्याम्पसको गोरखामा निर्माण गरिएको आइसोलन वेडमा राखिएको उहाँले बताउनुभयो । संक्रमितहरुलाई एम्बुलेन्समा राखेर आइसोलेसन वार्डसम्म पु¥याइएको खनालले जानकारी दिनुभयो । गएको जेठ २२ गते प्रहरीको हिरासतबाट धरौटीमा रिहा भएको बोर्लाङका २८ बर्षिय युवकमा कोरोना संक्रमणको पुष्टी भएपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा महादेवटारका १७ बर्ष, २१ बर्ष र २६ गरि ३ जनामा संक्रमणको पुष्टी भएको खनालले जानकारी दिनुभयो ।

शुक्रबार कोरोना संक्रमणको पुष्टी भएका ३ जना समेत क्वारेन्टाइनमा नरहेका उनिहरुको सम्र्पकमा आएकहरुको समेत कन्ट्रयाक्ट ट्रेसिङको तयारी भइरहेको छ । भीमसेन थापा गाउँपालिकाको महादेवटार सहित सहितको क्षेत्रमा समुदायस्तरमा नै कोरोना संक्रमणको पुष्टी भएपनि स्थानीय सरकारले रोकथामका लागि महत्वपूर्ण भूमिका खेल्न सकेको छैन ।

यसअघि संक्रमणका पुष्टी भएका २८ बर्षिय युवक समेत क्वारेन्टाइनमा नरहेको पुष्टी भएको उनको प्रत्यक्ष सम्पर्क मा आएका ३८ जनाको स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएको थियो । संक्रमण जोखिम पहिचान गरि कन्ट्रयाक्ट ट्रेसिङ पछि स्वांब संकलन गरिएकाहरु समेत अझै होमक्वारेन्टाइन समेत नरहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology