Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गोरखामा भर्खरै थप ५ जनामा कोरोना संक्रमण पुष्टी


3.1K
Shares

गोरखामा भर्खरै थप ५ जनामा कोरोना संक्रमण पुष्टी

गोरखा १२, असार । गोरखामा जिल्लामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका र पालुङटार नगरपालिकाका थप व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको हो ।

टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भीमसेन थापा गाउँपालिकाका ३ जना र पालुङटार नगरपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो ।

शुक्रबार ( आज) संक्रमणको पुष्टी हुने पालुङटारका २ जना भने भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु रहेको पाइएको छ । यता भीमसेन थापा गाउँपालिकामा संक्रमण पुष्टी भएकाहरु भने स्थानीय स्तरमै संक्रमण फैलिएको व्यक्ति भएको जनाइएको छ ।

त्यसको पुष्टी हुन भनेबाँकी छ । संक्रमित सबै जिल्ला सदरमुकाममा रहेको आइसोलेशन कक्षमा ल्याउने तयारी भईरहेको छ ।संक्रमित ७७ जना मध्ये आज सम्म २० जना सफल उपचार पछि घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology