Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गोरखाका थप २ जना कोरोना संक्रमित निको भएर घर फर्किए


2.1K
Shares

गोरखाका थप  २ जना कोरोना संक्रमित निको भएर घर फर्किए

गोरखा १२, असार । गोरखा अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमित शुक्रबार (आज) निको भएर घर फर्किएका छन् । जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर १ मसेलका ३३ बर्षका एक पुरुष र बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ ताकुकोटका २५ एक पुरुष उपचार पछि निको भएर घर फर्किएका हुन् ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो पिसिआर परीक्षणका क्रममा दुवै जनामा कोरोना नदेखिएपछि उनिहरुलाई घरमै क्वारेन्टाइनमा रहने गरि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका निमित्त मेडिकल सुुपरिटेण्डन्ट डाक्टर नबिन थापाले जानकारी दिनुभयो ।

आज दुई जना उपचार पछि घर फकिर्ए संगै गोरखा जिल्लामा कोरोना पछि निको हुनेको सख्या २० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology