गोरखा १०, असार । गोरखाको गण्डकी गाउँपालिका फुजेलका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी गाउँपालिका वडा नम्बर ४ स्थित दिर्घेश्वर माध्यामिक बिधालयको क्वारेन्टाइनमा रहेका ४२ बर्षिय पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालय पोखराले बुधबार जनाएको छ ।
संक्रमित व्यक्ति भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गोरखा जिल्लाभर अहिलेसम्म कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।