गोरखा ९, असार- गोरखाको पालुङटार नगरपलिका क्षेत्र भित्रका २ वटा क्वारेन्टाइनमा रहेकाहरु सहित २२ जनाको स्वाब संकलन गरिएको छ । कोरोना परीक्षणका लागि क्वारेन्टाइनमा रहेका १७ जना र अन्य ५ जनाको स्वाब संकलन गरि पठाएको हो ।
नगरपालिकाको वडा नम्बर ७ स्थित जीवन ज्योति माध्यामिक बिधालयमा रहेका ९ जना सहित अन्य ३ जना र वडा नम्बर १ मा रहेको अन्नपूर्ण क्वारेन्टाइनमा रहेका ५ सहित अन्य ५ जनाको स्वांब संकलन गरि पठाइएको नगरपालिकाले जनाएको छ ।