Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

ऐना पहरा नजिकै सडकमाथिबाट पहिरो खस्यो : आँबुखैरेनी मुग्लिन सडकखण्ड अबरुद्ध


9.1K
Shares

ऐना पहरा नजिकै सडकमाथिबाट पहिरो खस्यो : आँबुखैरेनी मुग्लिन सडकखण्ड अबरुद्ध

गोरखा ९, असार । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीको ऐना पहरा नजिकै सडकमाथिबाट खसेको पहिरोले मुग्लिन आँबुखैरेनी सडकखण्ड अबरुद्ध भएको छ । बिहान एक्कासी सडकमाथिबाट खसेको पहिरोका कारण सवारी साधन पूर्ण रुपले अबरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

माथिबाट निरन्तर पहिरो खसिरहेकाले पहिरो हटाउने प्रयास भएपनि समस्या भएको हो । पहिरोका कारण पोखरा तर्फबाट हिडेका सवारी साधन आँबुखैरेनी तर्फ रोकिएका छन् भने काठमाण्डौ नारायणघाट लगायत स्थानबाट आउदै गरेका सवारी साधन मुग्लिन तर्फ रोकिएका छन् ।

त्यस क्षेत्रमा यस अघि पनि बर्खाको समयमा पहिरो खस्ने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology