गोरखा ७, गोरखा । गण्डकी प्रदेशमा १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आइतबार दिउसो सवा एक बजे प्रेश विज्ञप्ती प्रकाशित गरी पाँच जिल्लाका १९ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
स्याङजामा १० जना, बाग्लुङमा पाँच जना, कास्कीमा दुइ जना, नवलपरासी पुर्ब र तनहुँमा एक–एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या पाँच सय २३ पुगेको छ । कोरोना मुक्त हुनेको संख्या ४९ पुगेको छ भने हालसम्म एकजनाको मात्र मृत्यु भएको छ ।