Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

कोरोना फैलिएको आंशकामा वडा कार्यालयले गर्यो बोर्लाङको महादेवटार क्षेत्र सिल


5.7K
Shares

कोरोना फैलिएको आंशकामा वडा कार्यालयले गर्यो बोर्लाङको महादेवटार क्षेत्र सिल

गोरखा ६, असार- गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ बोर्लाङले  कोरोना संक्रमणको पुष्टी महादेवटार क्षेत्र आसपासका  सिल गर्ने निर्णय गरेको छ । वडाध्यक्ष बासु थापाले शनिबार एक सूचना प्रकाशित गरिव वडा भित्र पनि संक्रमण पुष्टी भएको र संक्रमण फैलिएको आंशका भएकाले महादेवटार क्षेत्र आसपासको क्षेत्रलाई सिल गर्ने निर्णय गरिएको उल्लेख गर्नुभएको छ ।

सूचनामा वडाध्यक्ष थापाले अर्को सूचनामा प्रकासन नभएसम्मका लागि होटल, पसल, सहकारीसंस्था नखोल्न तथा भोजभतेर सभासम्मेलन बन्द गर्न र एकघरबाट अर्को घर नगर्न पनि आग्रह गर्नुभएको छ ।  शुक्रबार प्रहरी हिरासतबाट मुक्त भएर घर फर्किएका महादेवटारका एक युवकमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

अबैध काठ तस्करीको आरोपमा पक्राउ परेका संक्रमित एक व्यक्ति  हिरासतबाट फर्किएर क्वारेन्टाइनमा समेत नबसेको तथा भोजभतेर गर्दै हिडेको, समुहमा भेला हुने गरेको पाइएपछि वडामा संक्रमण फैलिएको आंशका गरिएको छ । पहिले नै संक्रमणका आशंका गरिएका ति व्यक्तिलाई क्वारेन्टाइनमा नराख्दा गाउँमा संक्रमणका त्रास बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology