Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

होम क्वारेन्टाइनमा समेत थिएनन् बोर्लाङका कोरोना संक्रमित युवक


9.8K
Shares

होम क्वारेन्टाइनमा समेत थिएनन् बोर्लाङका कोरोना संक्रमित युवक

दीपक श्रेष्ठ

गोरखा ६, असार । शुक्रबार कोरोना संक्रमणको पुष्टी भएका गोरखाको भीमसेन थापा गाउँपािलका–८ बोर्लाङका एक युवक क्वारेन्टाइनमा नरहेको पाइएको छ । स्थानीय जनप्रतिनिधीले उनि होम क्वारेन्टाइनमा रहेको दावी गरेपनि संक्रमण पुष्टी भएका व्यक्ती दैनिक जसो समुहमा हिड्ने, समुहमा माछा मार्न जाने तथा भेला बैठक र भोज भतेरमा सहभागी भएको पाइएको हो ।

गएको जेठ २२ गते जिल्ला प्रहरी कार्यालयबाट छुटेर घर आएका बोर्लाङ महादेवटारका युवा गाउँमा भोजभतेर, गाउँले भेला तथा बैठकहरुमा समेत सामेल भएको स्थानीयहरुबासीले बताएका छन् । हिरासतमा संगै रहेका १७ बर्षिय युवकमा कोरोना पुष्टी भएपछि हिरासतबाट छुटेका उनको पिसीआर परीक्षणका क्रममा शुक्रबार (हिजो) कोरोना पुष्टी भएको थियो ।

हिरासतबाट छुटेर आएलगत्तै उनले साथीभाईलाई जम्मा गरेर भोज समेत दिएको स्थानीयबासीले बताएका छन् । उनि समुहमा मिलेर माछा मार्न जाने, फुटवल खेल्न जाने लगायतका कार्यमा पनि संलग्न हुदै आएको स्थानीयको भनाई छ । संगै रहेका व्यक्तिमा कोरोना संक्रमणको पुष्टी हुदा समेत स्थानीय जनप्रतिनिधीहरुले उनलाई निगरानीमा नराख्दा अहिले बोर्लाङमा त्रास फैलिएको छ । संगै रहेका युवकमा संक्रमणको पुष्टी भइसक्दा उनलार्ई निगरानीमा सामुहिक क्वारेन्टाइनमा राख्नुको साट्टो होमक्वारेन्टाइनमा बस्न मात्र भनिएको थियो ।

उनि महादेवटारदेखि पिपलटारसम्म दैनिक जसो आवाजतावत गर्ने गरेको र साथीभाईहरु संग समेत समुहगत रुपमा दिनहुँ भेला हुने गरेको पाइएपछि स्थानीयबासी त्रसित भएका हुन् । ‘संक्रमित व्यक्तिको सम्पर्क धेरै जनासंग छ, एक स्थानीयले भने, संक्रमणको पुष्टी भएपछि कतिले मेरो आएको छैन, भेटेको छैन भन्दै लुकाउने गरेका छन, त्यसले त झन जोखिम पो बढाएको छ ।’

भीमसेन थापा गाउँपालिकामा भित्र व्यवस्थित क्वारेन्टाइन निर्माण नहुदा यस्तो समस्या भएको कतिपयको भनाई छ । संक्रमणको पुष्टी भएको वडा नम्बर ८ को महादेवटारमा निर्माण गरिएको क्वारेन्टाइन समेत व्यवस्थित नहुदा त्यहाँ बाहिरबाट आएकाहरु समेत क्वारेन्टाइनमा नबसी होम क्वारेन्टाइनमा बस्ने भन्दै घरघरमा जाने गरेका छन् । तर स्थानीय जनप्रतिनिधीको ध्यान त्यसतर्फ पुगेको छैन ।

अहिले संक्रमण पुष्टी भएपछि भने जनप्रतिनिधिहरु अत्तालिन थालेका छन् । चरम लापरबाहीका कारण संक्रमित व्यक्तिको सम्पर्क धेरै जनामा पुगेकाले संक्रमित व्यक्तिबाट अन्य व्यक्तिमा कोरोना संक्रमणको भेटिए त्यसको जिम्मेवारी कसले लिन्छ स्थानीय जनप्रतिनिधी वा गाउँपालिका ?

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology