गोरखा ५, असार- गोरखामा आज (शुक्रबार) थप ११ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको कोरोना परीक्षणका क्रममा १० जना पुरुष र १ जना महिलामा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा जानकारी दिनुभयो ।
गोरखाबाट स्वाब संकलनका लागि गण्डकी प्रदेश स्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको भएपनि त्यहाँ परीक्षणमा ढिलाई भएपछि पोखराले काठमाण्डौमा स्वाब परीक्षण गर्न पठाएको थियो ।
यस अघि गोरखा जिल्लामा हिजो ११ जना, २४ गते १० जना र ४ जनामा कोरोना संक्रमणको पुष्टी भईसकेको छ । आज सहित जिल्लामा संक्रमितको संख्या ४६ पुगेको छ ।