Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

साम्राज्यबादले लुटेको टिस्टादेखि काँगडासम्मको भूमि फिर्ता पाउनुपर्छ : नेता शर्मा


1.7K
Shares

साम्राज्यबादले लुटेको टिस्टादेखि काँगडासम्मको भूमि फिर्ता पाउनुपर्छ : नेता शर्मा

काठमाण्डौ ४, असार- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले अंग्रेज साम्राज्यले लुटेको नेपालको दार्जिलिङ, काँगडासम्मको भूभाग भारतले नेपाललाई फिर्ता दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको बिहिबारको बैठकमा भारत साँच्चै असल मित्र भए अंग्रेज सम्राज्यले लुटेको नेपाली भूभाग नेपाललाई नासोका रुपमा फिर्ता गर्नुपर्ने उहाँको भनाई छ । नेता शर्माले तत्काल कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता लैजान भारतसँग माग गर्नुभयो ।

स्वयम् केही भारतीय नेताहरूले समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको बताइरहेका बेला भारत सरकारले नेपालको भूमिबाट भारतीय सेना फिर्ता लैजानुपर्नेमा शर्माको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology