गोरखा ४, असार । गोरखामा कोरोना संक्रमित राख्ने बिरामकी राख्ने आइसोलेसन वार्डको अभाव भएको छ । जिल्लाको पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकामा गरि थप ११ जना कोरोना संक्रमित भेटिएपछि उनिहरुलाई राख्ने आइसोलेसन वार्डको अभाव भएको छ । जिल्लामा अहिलेसम्म गोरखा अस्पताल बाहेक अन्यत्र आइसोलेसन वार्ड निर्माण सम्पन्न भएको छ ।
कोरोना भाइरस रोकथाम, नियन्त्रण र न्युनीकरणका लागि जिल्ला स्तरीय कमाण्ड पोष्ट सहित सर्वपक्षिय बैठकले बैठकले जिल्लाभर १६५ बेडको आइसोलेसन वार्ड निर्माण गर्ने भनिएपनि अहिलेसम्म अन्यत्र आइसोलेसन वार्ड निर्माण सम्पन्न हुन सकेको छैन ।
गोरखा गोरखा नगरपालिकामा रहेको गोरखा क्याम्पसमा १ सय बेडको वार्ड निर्माण गर्ने भनिएपनि त्यहाँ एकैपटक सय बेडको वार्ड निर्माण गर्न समस्या भएपनि तत्कालका लागि ६० बेड निर्माण गरि बिस्तार गर्दै जाने निर्णय भएको थियो ।
तर गोरखा क्याम्पसमा पनि आइसोलेसन वार्ड निर्माण कार्य भने सम्पन्न हुन बाँकी छ । आज अबेरसम्ममा वार्ड निर्माण सम्पन्न गरिने र आजै भेटिएका थप कोरोना संक्रमितहरुलाई क्याम्पसमा निर्माण गर्न लागिएको आइसोलेसन वार्डमा लगिने जनाइएको छ ।